मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

२ जनामा कोरोना देखिएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

दैनिक नेपाल २०७७ साउन २६ गते १५:१८

काठमाडौँ, २६ साउन । एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमा कार्यरत २ जनामा कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयका २ जनामा संक्रमण पुष्टि भएसँगै अन्यको पनि कोरोना परीक्षण गर्न २ दिनका लागि कार्यालय सिल गरिएको बैंकले जनाएको छ । परीक्षणपछि कार्यालय सञ्चालन गरिनेछ ।

बाँकीको परीक्षण गरिने, डिस्इन्फेक्सन गरिने र २ दिनपछि कार्यालय खुला गरिने जनाइएको छ ।

प्रधान कार्यालयमा बैंकका अन्य क्षेत्रका प्रबन्धकहरु पनि आएकाले उनीहरु लगायतको परीक्षण गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित