१ कार्तिक २०८३, शनिबार

पहिरोको कारण एक सातादेखि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २६ । पहिरोको कारण साउन १९ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

धुञ्चे–स्याफ्रुवेशी सडकखण्डको बीचमा पर्ने ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई राजमार्ग आवरुद्ध भएको थियो ।

राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतवारदेखि सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौं प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । ती कन्टेनरमा स्याउ रहेका छन् । पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन ओटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।

प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताए । रासस