मुम्बई । बलिउड नायिका मिनीषा लाम्बा पति रयानसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।
विगत केही महिनादेखि मिनीषा र रयानका बीच सम्बन्ध राम्रो नभएको समाचार बाहिर आएका थिए ।
उनीहरूको सम्बन्धमा दरार आएको थियो । २०१९ बाटै उनीहरू बेग्लै बस्दै आएका थिए ।
दुई वर्षसम्म डेटिङ गरेपछि ६ जुलाई २०१५ मा मिनीषाले रयानसँग विवाह गरेकी थिइन् ।
३५ वर्षीया मिनीषाले फिल्म ‘यहाँ’ बाट बलिउडमा पाइला राखेकी हुन् ।
यो फिल्म २०१५ ५ मे रिलिज भएको थियो । यसपछि रणवीर कपूरकी हिरोइनको रूपमा ‘बचना ऐ हसिनों’ (२००८) मा पनि देखिइन् ।















प्रतिक्रिया