बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गृह मन्त्रालयद्वारा ७ जिल्लाका प्रजिअको सरुवा

दैनिक नेपाल २०७७ साउन २५ गते २१:४६

काठमाडौँ, २५ साउन । सरकारले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ ।

दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ । यस्तै मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल, प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल र मनाङ्गमा ध्रुव गिरीलाई सरुवा गरिएको छ ।

अर्जुन पोखरेल सहसचिवलाई विपत जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणमा काज सरुवा गरिएको छ ।

त्यस्तै, सहसचिव उमेश वस्नेतलाई जिल्ला प्रशासन कार्यालय रौतहट सरुवा गरिएको छ । सहसचिव सन्तबहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय दैलेख सरुवा गरिएको छ ।

उपसचिव कृष्णबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय झापामा पदस्थापन गरिएको छ ।

हेर्नुस् सूची :

प्रतिक्रिया
सम्बन्धित