बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच डिजिटल रेमिट्यान्स् सम्झौता

दैनिक नेपाल २०७७ साउन २५ गते २१:२२

काठमाडौँ, २५ साउन । बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।

यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै बीएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई रु ५५ क्यास ब्याक अफर पनि दिइएको छ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ ।

हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

प्रतिक्रिया
सम्बन्धित