
काठमाडौँ, २५ साउन । भारतको विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मेको स्पष्ट पारेको छ ।
शनिबार भारतका विदेशमन्त्री डा. एस जयशंकरले बुद्धलाई महान् भारतीय भनेपछि उक्त अभिव्यक्तिको नेपालमा चर्काे विरोध भएको थियो ।
नेपालको परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको भनेको थियो । मन्त्रालयले पुरातात्विक र ऐतिहासिक तथ्यले नै बुद्धको जन्मभूमि नेपाल भएको जनाएको थियो ।
शनिबार साँझ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवाले बुद्ध नेपालको लुम्बिनीमा जन्मेकोमा कुनै शंका नभएको बताएका हुन् ।
उनले यस विषयमा थप स्पष्ट पार्दै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुबै देशको साझा भएको बताउन खोजेको उल्लेख गरेका छन् ।















प्रतिक्रिया