
काठमाडौँ, २५ साउन । नेपालमा आइतबार कोरोनाभाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु पुष्टि भएको छ ।
मृत्यु हुनेमा कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिला रहेका छन् । उनीहरुको शनिबार मृत्यु भएको थियो ।
यससँगै मृत्यु हुनेको संख्या ७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज देशभर थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएको छ भने ४० जना कोरोनामुक्त भएका छन् ।















प्रतिक्रिया