
काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।
बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भना सार्वजनिक भएपछि शर्माले सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ’, शर्माले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।’















प्रतिक्रिया