बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

प्लस टू र स्नातक उत्तीर्ण १६६ जनालाई क्लासिक टेक इन्टरनेटमा रोजगारीको अवसर

दैनिक नेपाल २०७७ साउन २५ गते ११:५४

काठमाडौं, २५ साउन । कोरोना भाइरस (कोभिड–१९) का कारण अधिकांश कार्यालयहरुले रोजगारी कटौती गरिरहेको बेलामा इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले भने १६६ जना कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेको छ ।

कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारी मागेको छ । स्नातक तह उत्तीर्ण गरेका, सावरीचालक अनुमतिपत्र भएका र सेल्स एन्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले यो पदका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

यसैगरी कम्पनीले सेल्स एसोसिएट ५० जना, एरिया सेल्स रिप्रिजेन्टेटिभ ५० र फ्रन्ट डेक्स एसोसिएटका लायि ५० जना कर्मचारी माग गरेको छ ।

काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि यी कर्मचारी मागिएको हो । यसमा आवेदन दिनका लागि प्लस टू पास गरेको हुनुपर्ने छ ।

त्यमध्ये सेल्स एसोसिएट पदका लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारीसाधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेन दिन सक्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी एरिया सेल्स रिप्रिजेन्टेटिभका लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारीसाधन तथा चालक अनुमतिपत्र भएको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

फ्रन्ट डेस्क एसोसियट पदका लागि भने कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारीसाधन तथा चालक अनुमतिपत्र भएको हुनु पर्ने छ । यस अलावा कम्पनीले सहायक शाखा प्रमुख पदका लागि पनि आवेदन माग गरेको छ ।

काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि उक्त पदमा आवेदन माग भएको हो । यसका लागि सेल्स एन्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारीसाधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हाल संसारमा कोरोना महामारी फैलिएको छ । यस्तो अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाएका छन् भने जागिरको खोजी गर्नेको संख्या पनि उच्च छ । यस्तो अवस्थामा सेवा विस्तार र नयाँ साखाहरु खोल्ने क्रममा क्लासिक टेक प्रालिले भने एकसाथ १६६ जना कर्मचारी भर्ना गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित