बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

९०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको भने मूल्य बढ्यो

दैनिक नेपाल २०७७ साउन २५ गते १०:४८

काठमाडौं, २५ साउन । साताको शुरुवातमा सुनको मूल्य ९०० रुपैयाँले घटेको छ ।

शुक्रबारको तुलनामा ९०० रुपैयाँले घटेर आज आइतबार प्रतितो १ लाख २ हजार ६०० रुपैयाँ सुन कारोबार शुरु भएको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले वृद्धि भई १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढे पनि आइतबार चाँदीको मूल्य भने वृद्धि भएको छ । शुक्रबारको तुलनामा ५ रुपैयाँले मूल्य वृद्धि भइ आइतबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीका मूल्यले शुक्रबार नयाँ रेकर्ड समेत बनाएको थियो ।

अन्तर्राष्टिय बजारमा आज डलरले मूल्य घटेपछि नेपालमा सुन केही सस्तो भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित