३० आश्विन २०८३, शुक्रबार

सेनाका जवानहरुको कुटाइबाट राजकुमार चेपाङको मृत्यु भएको निष्कर्ष

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २५ साउन । नेपाली सेनाका जवानहरुको कुटाइबाटै चितवनका राजकुमार चेपाङको मृत्यु भएको मानव अधिकार तथा शान्ति समाजले निष्कर्ष निकालेको छ ।

सैनिक जवानको कुटपिटपछि चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो । सो घटनाको समाजले भत्र्सना पनि गरेको छ ।

कुटपिटमा संलग्न सैनिकको नाम अझैसम्म सेनाले सार्वजनिक नगर्नु निन्दनीय भएको समाजको भनाइ छ । छाक टार्ने समस्याले तरकारीको जोहो गर्न पुगेका चेपाङ समुदायका युवाहरुलाई चरम यातना दिएर हत्या गर्ने कार्य घोर अमानवीय र ढुङ्गे युग जस्तै भएको शान्ति समाजको ठहर छ ।

शनिबार चितवन पुगेको मानव अधिकार तथा शान्ति समाजको टोलीले मृतकका बुबा आमा, श्रीमती तथा अन्य सरोकारवाला पक्षसँग घटनाबारे सोधपुछ गरेको सामाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण भने केही दिनपछि सार्वजनिक गरिने उनको भनाइ छ ।

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारसहित ५ जनालाई निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक जवानले कुटपिट गरेका थिए । घाइते राजकुमारको साउन ७ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।