आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एयर इन्डिया दुर्घटनामा मृत्यु हनेको संख्या १८ पुग्यो, मृतकमा देखियो कोरोना पोजेटिभ

दैनिक नेपाल २०७७ साउन २४ गते १५:३२

काठमाडौं, २४ साउन । भारतको केरलामा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।

केरलास्थित कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थल छेउमा भएको उक्त विमान दुर्घटनामा दुई जना पाइलटसहित १८ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । त्यसमध्ये १४ जना भन्दा बढी गम्भीर छन् ।

दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार रहेका थिए जसमा १० जना बालबालिकासहित १७४ जना यात्रु थिए ।

भारतीय उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको हो । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ ।

मौसम खराबीका कारण पहिलोपटकको अवतरण प्रयास असफल भएपछि दोस्रोपटकको अवतरणका क्रममा जहाज दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको जहाजमा आगलागी नभएकाले धेरै मानिसले ज्यान बचाउन सफल भएको बताइएको छ ।

यसैबीच दुर्घटनामा मृतकमध्ये एक जनामा कोरोना पाजटिभ भएको खबर आजतकको अनलाइन संस्करणमा प्रकाशित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित