३० आश्विन २०८३, शुक्रबार

भ्रष्टाचारको आरोपमा पक्राउ परेका गाउँपालिकाका लेखापालसहित चारैजना छुटे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमपश्चिम, २४ साउन । भ्रष्टाचारको आरोपमा पक्राउ परेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापालसहित चारैजना छुटेका छन् ।

गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोप लागेका लेखापाल हेमन्त केसी, लेखा सहयोगी उनका भतिजा सुवास केसी, भाइ विकास केसी र अर्का भतिजा भीमसेन केसीलाई बिहीबार प्रहरीले कागजात मिलाउँदै गर्दा पक्राउ गरेको थियो ।

सुवास गाउँपालिकाले करारमा नियुक्त गरेका लेखा सहयोगीमा हुन् भने विकास सानीभेरी गाउँपालिका–१ को शीतल माध्यमिक विद्यालय पक्रैंयाका प्रधानाध्यापक हुन् । भीमसेनले एक सामुदायिक विद्यालयमा पढाउँदै आएका छन् ।

आर्थिक वर्ष ०७६÷७७ को बजेटबाट २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल केसीले सिम्रुतुमा रहेको लक्ष्मी बैंकमा रहेको आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि गाउँपालिकाले छानबिन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले छानबिन सुरु गरेपछि सबै रकम उनीहरुले गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए ।