३० आश्विन २०८३, शुक्रबार

८ जना संक्रमित भेटिएपछि काठमाडौंको गहनापोखरी र हाँडीगाउँ क्षेत्र सिल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । एउटै टोलमा ८ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी र हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु भएको बताइएको छ ।

उक्त क्षेत्रमा करीब १५ दिनअघि १ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप ४ जनामा पनि कोरोना देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप ५ जनामा कोरोना पुष्टि भएको थियो ।