३० आश्विन २०८३, शुक्रबार

काठमाडौंको पेप्सीकोलास्थित झाडीमा भेटियो जिवितै नवजात शिशु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २४ साउन । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलाको एक झाडीमा नवजात शिशु जिवितै भेटिएका छन् ।

कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर स्वास्थ्य जाँचका लागि सोही ठाउँमा अवस्थित मदरल्यान्ड अस्पतालमा पठाएको छ ।

मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंकामा प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ ।