
काठमाडौं, २४ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ ।
विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर नतिजा तयार गर्ने काम पनि भइसकेको छ ।
अन्तिम चरणमा पुनः एक पटक परीक्षण भइरहेको बोर्डले जानकारी दिएको छ । परीक्षार्थीको नाम, थर, जन्म मिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डबो भनाइ छ ।
यसअघि बोर्डले साउन दोस्रो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने जनाएको थियो । तर, कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिला भएको बताउँदै आएको छ ।
यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक हुँदैछ । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षाका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।
नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेडसिट प्रदान गर्ने छ । यो वर्ष एसईईमा करीब ४ लाख ८२ हजार परीक्षार्थी छन् ।















प्रतिक्रिया