शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लोकगायक प्रेमराजा महत र उनकी पत्नीलाई कोरोनाकाे संक्रमण

दैनिक नेपाल २०७७ साउन २४ गते ६:४८

विजय थापा

डिसी । वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उहाकी जीवन संगिनी कविता केसी महत दुवै कोरोनाबाट संक्रमित भएका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहदा दम्पत्ति कोभिड-१९ बाट संक्रमित भएका हुन् । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करीव ३ बजेतिर सामाजिक संजालमार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका छन् ।

अमेरिकामा कोरोनाको प्रारम्भ देखिनै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिदै आएकी महत आफै संक्रमित भएकी छिन् ।

कोरोनाको महामारीमा पूर्ण सतर्कता,सावधान,सामाजिक दूरी र सुरक्षाका सवै उपायहरू अपनाउँदा अपनाउँदै पनि दम्पत्ति केही समयको लागि एकान्तवास बस्नु पर्ने भएको छ ।

सबैका साझा र मिलनसार व्यक्तित्वका धनि महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाने वाला छैन भनि अपील गरेका छन् ।

उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस आफू र धर्मपत्नी यसबाट बंच्न नसकेकाे बताएका छन् । महाबाणिज्यदूत महतले हाल आफ्नै घरको एक एक कोठामा आईसोलेसन बसेको जनाएका छन् ।

उनका छाेरा डा.सरगम महतको निरीक्षण र निगरानीमा बसेकाे बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित