शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौंको न्यूरोड क्षेत्र शुक्रबार रातीदेखि अनिश्चितकालका लागि शिल गरिँदै

दैनिक नेपाल २०७७ साउन २३ गते १६:१५

काठमाडौं, २३ साउन । काठमाडौंको न्यूरोड क्षेत्र शुक्रबार रातीबाट अनिश्चितकालका लागि शिल गरिने भएको छ ।

न्यूरोड, असन, महाबौद्ध, टेकु, खिचापोखरी, इन्द्रचोक र पाको लगायत क्षेत्र अनिश्चितकालका लागि शिल गर्न लागिएको सुरक्षा स्रोतको भनाइ छ ।

शिल गरिन लागेका क्षेत्रमा बिहीबार र शुक्रबार मात्रै १७ जना भन्दा बढीमा कोरोना संक्रमण दोखिएकोे छ । सो क्षेत्रमा अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण देखिएका स्थानहरुमा शिल गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित