७ कार्तिक २०८३, शनिबार

देउवाविरुद्ध पोडेलको गोप्य गुटगत भेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको भेलालाई तीब्रता दिएका छन् ।

नेता पौडेलले बुधबार काठमाडौंको अनामनगरस्थित सम्पर्क कार्यालयमा गुटको भेला गरेका छन् । भेलामा अर्जुन नरसिंह केसी, डा.रामशरण महतसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

भेलामा सभापति शेरबहादुर देउवाद्वारा विभागहरू गठन गरेको विषयमा छलफल केन्द्रित भएको एक नेताले बताए ।

‘सभापति शेरबहादुर देउवाले महाधिवेशनको तालिका सार्वजनिक भइसकेको अवस्थामा विभागहरू विस्तार र गठन गर्नुभएको छ । यो राम्रो कुरा होइन’, ती नेताले भने, ‘देउवाले विभाग गठनको कार्य रोक्नुपर्छ ।’

सभापति देउवाले विभागहरू गठन गरेपछि पौडेल–कोइराला समूहका नेताहरूले गुट परिवर्तन गरेर विभागमा मनोनीत हुन तछाडमछाड गरेपछि रोक्न पौडेल–कोइराला समूह विभिन्न रणनीतिमा लाग्दै आएको छ ।