शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अनुहारमा आएको डण्डीफोर र कालो दाग हटाउन सकिन्छः रश्मिला श्रेष्ठ (अन्तर्वार्ता)

दैनिक नेपाल २०७७ साउन २२ गते ८:०७

रश्मिला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद्, रश्मिलाज् फेसियल हाउस

रश्मिला श्रेष्ठ नेपालको ब्यटिसियनको बजारमा चलेको नाम हो । महिलाहरू मात्र नभइ ‘रश्मिलाज् फेसियल हाउस’मा पुरुषहरूलाई पनि ब्युटिसियनको सेवा दिने गरिएको छ । काठमाडौं मल सुन्धारा र बिजी मल गंगबुमा रश्मिलाज् फेसियल हाउसले ग्राहकहरूलाई सेवा दिँदै आएको छ । रश्मिलाले आफ्नो सफलतामा पति प्रकाशकुमार श्रेष्ठको सपोर्टलाई सबैभन्दा ठूलो उपलब्धि मान्छिन् । व्यवसायमा उनलाई प्रकाशले पर्दा पछाडि बसेर ठूलो सहयोग गर्दै आएका छन् । लामो समयदेखि यी दुई स्थानमा सौन्दर्यसम्बन्धी सेवा दिने गरिएको छ । अहिले गर्मी, वर्षात र कोरोनाको समस्या छ । यस्तो अवस्थामा अनुहारलाई महिलाहरूले कसरी हेरचाह गर्ने भनेर वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठसँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अंश –

गर्मी र वर्षतको समयमा महिलाहरूले घरमै अनुहारको हेरचाह कसरी गर्ने ?

यो समयमा तापक्रमले गर्दा अनुहारमा चिल्लो देखिएको हुन्छ । चिल्लोलाई कन्ट्रोल गर्नको लागि बिहानमा ब्ल्चिङ गर्ने । फेसवास गर्ने । दिउँसो पनि हामीले चिसो पानीले अनुहार तीन पटक सफा गर्ने अर्थात धुने । यो समयमा तातोपानीले अनुहार नधुने । दिनमा तीन पटक चिसो पानीले अनुहार धुँदा अनुहारको चिल्लो कन्ट्रोल गर्न सकिन्छ ।
हाम्रो छालाको स्याहार सुसार सधैं गर्न जरुरी छ । त्यसमाथि हाम्रो मुहारको छालालाई बढी नै प्रतक्ष्य रुपमा घाम र वातावरणको सम्पर्कमा आउने हुनाले मुहारको छालालाई चै विशेष ध्यान दिनु पर्नें हुन्छ । जसमध्ये नियमित फेसियल मसाज एक उत्तम उपाय तथा उपचार हो ।

छालामा आउने बाहिरी समस्याहरूमा हाम्रो छालालाई दिनदिनै घामको प्रभावका साथै वातावरणबाट हुने हानिकारक असर हो । त्यसमध्ये पनि पृथ्वीको चाप, छालाबाट निष्कने तेल, घामको किरण आदिका कारणले छालामा पोतो, तिलकोठी आउने गर्छ ।

कुनै महिलाको फुस्रो वा ड्राइ अनुहार छ भने त्यसको हेरचाह कसरी गर्ने ?

दिनको दुई पटक अनुहार चिसोपानीले धुने । बाहिर हिँड्दा सनस्क्रीन प्रोडक्टहरू लगाउने । गर्म महिनामा ओइली स्किन हुन्छ । फेस स्किन ५ किसिमको हुन्छ । ओइली स्किन, ड्राई स्किन रकम्विनिसिन स्किन, सेन्सिटिब स्किन, नर्मल स्किन (गर्मीमा प्रायः ओइली स्किन हुन्छ ।

सनस्क्रीन प्रोडक्ट सस्तो र राम्रो कुन हुन्छ ?

यही भन्ने छैन । आफूले हेरेर कुन मन पर्छ त्यही लगाउँदा हुन्छ । कसैले ब्राण्डवाला लगाउन मन पराउँछन् । कसैले आफ्नो गच्छेअनुसार पनि लगाउन सक्छन् । हामीले यही ब्राण्ड भन्न मिल्दैन । ब्राण्डका विषयमा यो या त्यो लगाउन भन्न उपयुक्त हुँदैन । सकेसम्म गुणस्तरीय नै लगाउनु राम्रो हुन्छ । अनुहारमा खेलवाड गर्नु हुँदैन ।

नेपालमा जहाँ पनि पाइने ब्राण्ड कुन हो ?

अहिले नेपाली बजारमा धेरै उत्पादनहरू चलिरहेका छन् । यही भन्न सकिदैन । रश्मिलाज् फेसियल हाउसमा ‘रश्मिला एड्भान्स सनस्क्रीन क्रिम’ छ । हाम्रोमा आउने ग्राहकहरूलाई यही प्रोडक्ट प्रयोग गर्न सुझाव र सल्लाह दिने गरेका छौँ । हाम्रै सनब्लक दिने गरेका छौँ । यो आइबरी मिल्कबाट बनेको हुन्छ । हामीले ब्लिचिङ गर्ने, फेसियल गर्ने, रिङकलको भनेर एउटा मोस्चराइजर र सनब्लक दिएर पठाउने गरेका छौँ ।

वर्षात र गर्मीको समयमा अनुहारमा लगाएको मेकअप पसिना वा पानीले बग्ने गर्छ । त्यसले साइड इफेक्ट गर्छ कि गर्दैन ?

त्यस्तो साइड इफेक्ट त केही पनि हुँदैन । अनुहारबाट बगेको बेला टाटाटुटी त देखिन्छ । त्यसलाई सफासँग मेकअप गर्नुपर्छ । मेकअप गरेको आधा घण्टामा अनुहार धोएर फ्रेस राख्नुपर्छ । त्यसपछि सनलोसन, सनस्क्रीनहरू लगाएर बाहिर घाममा निस्कदा उचित हुन्छ ।

महिलाहरूले साबुनले मुख धुँदा हुन्छ कि हुँदैन ? फरक पर्छ कि पर्दैन ?

साबुनले मुख धुँदा अनुहार ड्राई हुन्छ । स्कीन फुस्रो हुन्छ । स्कीन पटपट फुट्ने पनि हुन्छ । अनुहारबाट पाप्रा निस्कन्छ पनि । साबुनले अनुहार धुनु मैले उचित मान्दैन ।

गर्मी पसिना आउँछ । धुलो, धुँवा चप्टिएको हुन्छ । यस्तो अवस्थामा अनुहारलाई कसरी धुने त ?

अहिले फेसवास आइरहेको छ । ड्राइस्कीनको लागि मोस्चराइजर भएको फेसवासहरू हुन्छ । ओइली स्कीनको लागि ओइल कन्ट्रोल फेसवासहरू पाइन्छ ।

धेरै तातो र धेरै चिसो पानीले छालालाई हानी पुर्‍याउँछ कि पुर्‍याउँदैन ?

धेरै तातो तथा धेरै चिसो पानीले पनि छालालाई हानी पुर्‍याइ राखेको हुन्छ । यदि छाला सुख्खा छभने त्यसमा तेलको मात्रा कम भएको हुन्छ । त्यस्तो छालाको सुरक्षा गर्न विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो छालालाई किटाणुहरूले छिटै आक्रमण गर्न सक्छ । यस्तो छालामा पानीको मात्रा पनि छिट्टै सुख्खा गराउनेगर्छ । खानामा थोरै मात्रामा मात्रै तेल राखेर खानाखाने गरेमा छाला राम्रो र सन्तुलन राख्ने गर्छ ।

छालाको प्रकार र अवस्थाअनुसार अनुसार परिवर्तन हुन्छ । समय तथा उमेरअनुसार छालाको प्रकार बदल्ने गर्दछ । समग्रमा भन्नुपर्दा उमेर जति बढ्दै जान्छ त्यतिनै छाला सुख्खा हुँदै जान्छ । वातावरण र मौसमका कारण पनि छालामा परिवर्तन आउने हुन्छ । त्यसमा उचित स्याहार सुसारको बाटो अपनाउनु पर्छ ।

गाउँमा बस्ने महिलाहरूले आफ्नो अनुहारलाई कसरी सुरक्षित राख्न सक्छन् ?

गाउँमा बस्ने धेरै महिलाहरूले सनब्लक लोसनहरू लगाउँदैनन् । गाउँमा प्रकृतिले पनि साथ दिएको हुन्छ । शहरमा जस्तो गाउँमा विभिन्न कुरा लगाउनु पर्दैन । कसैकसैले पनि मात्रै सनब्लक र मोस्चुराइजर लगाएको पाइन्छ । गाउँमा शहरमा जस्तो धेरै समस्या हुँदैन ।

आँखामा लगाइने गाजल बगेको हुन्छ । गाजल आँखामा पस्यो भने असर गर्छ कि गर्दैन ?

गाजलको प्रोडक्टमा भर पर्ने कुरा हो । कमसल खालको अर्थात गुणस्तरहीन गाजल लगाएको छभने आँखामा असर पर्न सक्छ । आँखाको हेलचेक्र्याइ गर्नु हुँदैन । राम्रो खालको गुणस्तरीय गाजल लगाउनुभयो भने असर पर्दैन । गाजल बग्न नदिनको लागि पाउडर लगाउनुपर्छ । गाजल लगाउँदा गाजलको वरिपरी पाउडर लगायो भने बग्ने थोरै सम्भावना हुन्छ ।

टिनेजर युवतीहरूमा अनुहारमा डण्डीफोर आएको हुन्छ । त्यसलाई हटाउन सकिन्छ कि सकिँदैन ?

त्यसलाई मजाले हटाउन सकिन्छ । त्यो आउने भनेको हर्मोनको कारणले हो । त्यस्तो डण्डीफोर आएको छ भने दिनमा चार पटकसम्म फेसवासले मुख धुनुपर्छ ।

डण्डिफोर आउँदा कहिले काहिँ कालोदाग बसेको हुन्छ । त्यसलाई हटाउन सकिन्छ कि सकिँदैन ?

हटाउन मिल्छ । ओइल कन्ट्रोल रिमुभ क्रिम लगाएपछि त्यस्तो दागहरू हट्छ ।

गर्मीको समयमा लिपिस्टिक लगाउनु राम्रो हो कि होइन ?

लिपिस्टिक महिलाको सुन्दरता पनि हो । गर्मी वा जोडो भन्ने कुरा हुँदैन । गर्मी भए पनि लिपिस्टिक लगाउनु त पर्छ । अहिले नबग्ने लिपिस्टिक पनि बनेको छ । बजारमा आएको छ । म्याटमा लिपिस्टिक निस्किएको छ । गर्मी महिनामा त्यही म्याटकै लिपिस्टिकहरू लगाउँदा राम्रो हुन्छ । यो लिपिस्टिक बग्नबाट रोकिन्छ ।

कोरोनाको महामारी छ । यस्तो अवस्थामा मास्क लगाउनुपर्ने बाध्यता छ । मास्क लगाउँदा क्रिम पाउडर वा लिपिस्टिक लगाउन हुन्छ कि हुँदैन ?

यतिखेर क्रिम, पाउडर वा लिपिस्टिक लगाउँदा सबै मास्कले छेकिदिन्छ । यस्तो अवस्थामा गाजल, आइब्रो, क्रोर्नु, सनब्लकहरू लगाउँदा राम्रो हुन्छ । कारोनाको बेलामा बहिर निष्कदा मास्क लगाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा सनब्लक अनिवार्य लगाउने । त्यसमाथि हल्का वाटरप्रुफ मेकअप गर्दा अति उत्तम हुन्छ ।

रश्मिलाज् फेसियल हाउस काठमाडौं मल र बिजीमलमा छ । कोरोनाका बेला खुलेको छ कि छैन ?

हाम्रो रश्मिलाज् फेसियलाज् फेसियल हाउस खुलै छ । लकडाउन खुलेपछि पसल खोलेका छौँ ।

त्यहाँबाट कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना निकै होला नि ? सुरक्षाका उपाय अपनाउनु भएको छैन ?

हाम्रो बिजीमलस्थित पार्लर नेपालको मलहरूमा खोलिएका मध्येकै ठूलो स्पेश भएको पार्लर भएकाले सोसियल डिष्टेन्समा ग्राहकहरूलाई सेवा दिइरहेका छौं । कामदारले पीपीईसेट, फेस सेड, माष्क, पञ्जा, लगाएर कैँची, रुमाल, लगायतका सबै सामग्री निर्मलीकरण गरेर सर्भिस दिइरहेका छौं ।

तपाईको रश्मिला फेसियल हाउसमा सेवा लिन महँगो होला है ?

होइन त्यस्तो छैन । महँगो छैन । सामान्य आय हुने साधारण व्यक्तिदेखि उच्च आय हुने सबैलाई हुने गरेर दररेट राखेका छौँ । एक पटक आएर तपाई आफैले पनि दररेट हेर्न सक्नु हुन्छ । हो कसैले विदेशबाट आयात गरेका वा महँगो सामान प्रयोग गर्न खोज्यो भने महँगो पर्छ । होइन भने हाम्रोमा महँगो छैन । साधारण पेशा व्यवसाय गर्नेदेखि कलाकार, व्यापारी, उच्च तहका व्यक्तिहरू सबै आउनु हुन्छ । हामीले सेवा दिँदा कसैलाई भेदभाव गर्दैनौँ । भेदभाव गरेका पनि छैनौँ । हाम्रा लागि ग्राहक सबै बराबरी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित