मुम्बई । परिवारबाटै फिल्मी क्षेत्रमा आएका बलिउड कलाकारहरूले यतिबेला एकपछि अर्को गर्दै नातावादको आरोप खेप्नुपरेको छ । अभिनेत्री करिना कपूरले नातावादको आरोपले आफू दिक्क भएको बताएकी छिन् ।
बलिउडमा स्थापित भएर टिकिरहन ठूलो संघर्ष गर्नुपर्ने अभिनेत्री करिनाको भनाइ छ । सुरुका दिनमा आफूले सफलतासँगै लगातार फिल्म पाए पनि विवाहपछि फिल्म पाउन संघर्ष नै गरिरहनुपरेको गुनासो यी अभिनेत्रीले सञ्चारकर्मीसँग बिसाएकी छन् ।
उनले भनेकी छन्, ‘यहाँ नातावाद–कृपावादले फिल्म त पाउन सकिएला । तर, फिल्म नातावादले होइन, दर्शकका कारण चल्ने गर्दछ ।’ त्यसैले, नातावाद तथा जुनसुकै वादबाट बलिउडमा जो कलाकार आए पनि दर्शकलाई आफूले नै मन जित्न सक्नुपर्ने उनले बताएकी छन् ।
‘बलिउड फिल्मी उद्योगमा म विगत २१ वर्षदेखि निरन्तर सेवारत छु । म नातावादका कारण होइन, आफ्नो बलबुताले राम्रो काम गरेर दर्शकको मन जित्न सकेका कारण अहिलेसम्म टिकेकी हुँ ।’ आफूसँगै आएका कतिपय अभिनेत्रीहरू एक/दुई सिनेमाबाटै पलायन भएको पनि करिनाको भनाइ छ ।















प्रतिक्रिया