७ कार्तिक २०८३, शनिबार

प्रचण्डलाई बामदेवको जवाफ– म सानो ठूलो कुनै गुटमा छैन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा दिएको जवाफ विवरणमा आएको छ ।

मंगलबार भैंसेपाटीस्थित निवासमा पुगेका प्रचण्डसँगको भेटका क्रममा गौतमले आफू सानो या ठूलो कुनै गुटमा नरहेको बताएका हुन् ।

गौतमका सञ्चार सहयोगी विश्वमणि सुवेदीले दिएको जानकारी अनुसार प्रचण्डले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनी नेकपाभित्रको विवादको विषयमा सोधेका थिए । सोही क्रममा ‘म सानो ठूलो कुनै गुटमा छैन’ भन्ने जवाफ गौतमको थियो ।

स्थायी समितिको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेपछि विवाद चर्कँदा गौतमको छ बुँदे प्रस्ताव सार्वजनिक भएको थियो । उक्त प्रस्तावले ओली प्रधानमन्त्री र अध्यक्ष रहने अवस्थालाई बल पुगेको थियो ।

सोही साँझ प्रधानमन्त्री ओली गौतमनिवास डिनरका लागि पुगेका थिए ।