३० आश्विन २०८३, शुक्रबार

डिसीमा जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भव्यताको साथ सम्पन्न

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा झन्डै एक दशकदेखि आफ्नो धर्म,संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले स्थापित डिसी नेपाली समाजले यस वर्ष पनि जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ ।

अमेरिकामा कोरोना भाइरसको महामारी भएता पनि मास्कलगाई र सामाजिक दूरी कायम गर्दै गत अगस्त ३ सोमबारका दिन विधिपूर्वक कार्यक्रम सम्पन्न गर्यो ।

बिहान ७ बजेदेखि साँझ ६ बजे भित्र जनै तथा रक्षा बन्धन पूजन तथा मन्त्रणा गरी वितरण गरिएको थियो । हरेक वर्ष डिसी महानगर क्षेत्रका नेपाली समुदायहरूको घुइँचो रहने यस पर्वमा यस वर्ष पनि अपेक्षा गरेभन्दा मानिसहरू ज्यादा आएका थिए ।

हरेक बर्ष यस दिन डिसी क्षेत्रका हजारौलाई क्वाटी समेत खुवाइने गरिन्थ्यो भने यस पटक क्वाटी नभएता पनि फलाहार वितरण गरिएको थियो । उक्त रक्षाबन्धनको कार्यक्रम भर्जिनिया राज्यको स्थानीय सेन्ट्रलभिल शहर स्थित संस्थाका अध्यक्ष अरुण रुपाखेतीको निवासमा आयोजना गरिएको थियो ।

सो अवसरमा पण्डित गुरू राजेन्द्र खनालले वैदिक विधिपूर्वक जनै तथा रक्षा बन्धन पूजन तथा मन्त्रणा गरी वितरण गरेका थिए । खुल्ला ठाउँमा टेबुलमा ब्यबस्थित रुपले मन्त्रणा गरिएका जनै, रक्षा बन्धन र पूजन सामग्रीका पुरिया राखिएको थियो ।

अध्यक्ष रुपाखेतीले कोभिडबाट सुरक्षित रहन पूर्णत: सामाजिक दूरी कायम राखिने भएकोले मुखावरण लगाएर ढुक्कसाथ जनै लगाउन आउन समेत अनुरोध गरे ।