३० आश्विन २०८३, शुक्रबार

एएनए कार्यकारी समितिका रिक्त पदमा अध्यक्ष अधिकारीद्वारा मनोनीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिसी । उत्तर अमेरिकाकै सशक्त राष्ट्रिय स्तरको एसोसिएसन अफ नेपालिज इन अमेरिकाज(एएनए)को कार्यकारी समितिमा रिक्त रहेका पदमा अध्यक्ष खगेन्द्र अधिकारीले सँस्थामा अनुभव बटुलेका र योगदान पुर्याउनु भएका विभिन्न व्यक्तिहरूलाई मनोनीत गरेका छन् ।

अगस्त १ ,२०२० का दिन अध्यक्ष अधिकारीले बिज्ञप्ति जारी गर्दै कार्यकारी समितिमा रिक्त रहेका पदहरू र अमेरिकामा अधिवक्ता लगायत विभिन्न पेशामा रहेका व्यक्तित्वहरूलाई मनोनीत गरेका हुन्।

गत जुलाई २६ का दिन अध्यक्ष अधिकारीको सभापतित्वमा बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय गर्दै सर्वसम्मतिबाट अनुमोदन गरेको छ । अध्यक्ष अधिकारीले सँस्थामा प्रवेशगर्ने सबैलाई स्वागत गर्दै उत्तरी अमेरिकी नेपाली समुदायमा उनीहरूको सेवाका लागि धन्यबाद दिएका छन् ।

एएनए कार्यकारी समितिको रिक्त रहेको पदमा वरिष्ठ उपाध्यक्षमा क्यालिफोर्नियाका मुकुन्द ढुंगाना,पूर्वीय क्षेत्रका लागि उपाध्यक्षमा बाल्टिमोर बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, पश्चिमी क्षेत्रका लागि उपाध्यक्षमा डा.दुर्गा दाहाल, संचार निर्देशकमा मेरिल्याण्डका सिपिए लक्ष्मण प्रधान तथा सह-सचिवमानर्थक्यारोलाइनाका शैलेन्द्र केसी (डिजे गोर्खाली खत्री)लाई मनोनीत गरेका छन् ।