बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एटलान्टाबाट विश्व हिन्दु युवा संघलाई आर्थिक सहयोग

दैनिक नेपाल २०७७ साउन १८ गते ९:५४

अमेरिका । अमेरिकाको एटलान्टाबाट नेपालको बिश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलाई आर्थिक सहयोग सुरु गरेको छ ।

हाल नेपालमा लकडाउनका कारण काठमाडौँको विभिन्न धर्मस्थलमा रहेका जनावर र पशुपंक्षीहरू यस्तै परिस्तिथिसँग गुज्रिरहेका छन् ।

तिनै निर्दोष र पवित्र प्राणीहरूको समस्यालाई मध्यनजर गर्दै अमेरिकाको एटलान्टाबाट पर्यटन दुत तथा सामाजिक अभियन्ता राजा घले र डा रामु खरेलको नेतृत्वमा काठमाडौंको मन्दिर वरिपरि बस्ने जनावर ( गाई,गोरु र अन्य ) र पशुपंक्षीलाई खाना खुवाउन आर्थिक सहयोगको पहल भएको छ ।

यसैका लागि उनीहरूले बिश्व हिन्दु युवा सँघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापालाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

कोरोना महामारीले विश्वनै आक्रान्त बनिरहेको बेला यससँग लड्न र जित्नको लागि संसारका प्रत्येक नागरिकले ऐक्यवद्धता जनाउदै “हामीनै संसार हौ ” भन्ने बोध गरेर मानवताको लागि आ-आफ्नो क्षेत्रबाट उठ्नुपर्छ अनि केहि न केहि योगदान दिनुपर्छ भन्ने एउटा पाठ हो यो” सहयोगी राजा घलेले भने ।

भर्खरै मात्र युनिसेफको अनुसन्धानले गरेको एक भबिष्यबाणी अनुसार अबको छ महिनामा नेपालमा चार हजार भन्दा बढी बच्चाहरु भोकमरिबाट मर्नेछन् ।हामी गैरआवासीय नेपालीहरु पनि जो जहाँ जसरि बसे पनि यसबाट अछुतो छैनौ र केहि न केहि रुपमा प्रभावित भएका छौ । यो एउटा सानो अभियान हो र सक्ने जतिले आफ्नो मातृभूमिको लागि केही गरौ भन्ने उदाहरण हो ” घलेले थपे ।

यस अभियानमा जोडिने सहयोगी हातहरुमा-राजा घले( प्रथम निर्वाचित अधक्ष्य,नासा) ,डा रामु खरेल (संस्थापक,हाप्सा),सिके पराजुली,(पूर्ब अधक्ष,नाग) प्रणय लामा(पूर्ब अधक्ष,नाग) र भविन्द्र बस्नेत( वरिष्ठ उपाधक्ष्य,नाग ) रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित