शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दुर्गेशको दुरदशा

दैनिक नेपाल २०७७ साउन १८ गते ९:२६

काठमाडौं । दुर्गेश थापा विवादमा परिरहने गायकमध्येका पर्छन् । तीज गीतको मौलिकता बिगारेको भनेर गतसाल थापाको आलोचना भएको थियो । उनको गीत चल्यो । मन पराइदिए । तर, उनको गीत मौलिक संस्कृतिको थिएन । उनको यस्तै हर्कतले विवादमा परिरहन्छन् ।

यस पटक उनले ‘बेसार’ गीत ल्याएका छन् । ‘बीच्च बीच्च’मा शृंखलाको तेस्रो गीतका रुपमा थापाले युट्युबमा सार्वजनिक गरेका थिए । उनको गीत यस पटक पनि विवादमा परेको छ । आलोचकहरूले थापाले मौलिक संस्कृतिलाई बिगार्ने गरेको आरोप लगाएका छन् ।

गीतमा बसन्त थापाको शब्द र संगीत रहेको छ । यो गीतमा पछिल्लो समय चर्चामा आएको ‘बेसार’ शब्दलाई केन्द्रमा राखिएको छ । गीतको भिडिओमा दुर्गेश थापासँगै चिरञ्जीवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काहरू रहेका छन् । उनीहरूले साडी र ब्लाउज लगाएका छन् । उनीहरूको यो पहिरनको विरोध भएको छ ।

हिन्दू अभियानमा लागेकाहरूले तीज गीतको बहानामा संस्कृतिलाई बिगारेको भनेर थापालाई कारबाहीको माग गरेका छन् । थापाका यस्ता हर्कतहरू युट्युबमा रुचाइए पनि तीज संस्कृतिलाई बिगारेको भनेर आलोचना भएको छ ।

प्रतिक्रिया
सम्बन्धित