७ कार्तिक २०८३, शनिबार

पूर्वयुवराज्ञी हिमानीलाई राष्ट्रिय सभाका लागि प्रस्ताव– एउटा ‘राजनीतिक गसिप’

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । समाजमा राम्रो योगदान गरेवापत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाका लागि एक जना सदस्य मनोनित गर्ने प्राधिकारलाई पूर्वयुवराज्ञी हिमानी शाहका लागि उपयोग गर्ने चर्चा हुन थालेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नाती हृदयेन्द्रको ब्रतबन्धमा निम्तो दिँदा पुगेकी राष्ट्रपति भण्डारी तथा राष्ट्रपतिको छोरीको बिहेमा पूर्वराजाको उपस्थितिको सम्बन्धको आधार पनि यो चर्चाका लागि स्वभाविक बन्यो । अर्कोचाहिँ हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहेको नाताले हिमानी शाहलाई राष्ट्रिय सभामा लैजाने भन्ने तर्क पनि अघि सारिएका छन् ।

तर, राष्ट्रपति कार्यालय शितलनिवासले त्यस्तो कुनै तयारी वा प्रस्ताव गरेको छैन भने पूर्वराजपरिवारले पनि त्यस्तो कुनै सोच नराखेको बताइन्छ । एकथरीले यसलाई सतहमा छरेको ‘राजनीतिक गसिप’ भनेका छन् ।

‘फिल्मक्षेत्र र कलाकारका विषयमा आउने कतिपय हल्ला जस्तो राष्ट्रपति कार्यालयलाई जोडेर आउने यस्ता चर्चाका खासै अर्थ छैनन्’, शितलनिवास स्रोतले भन्यो,‘अहिले यस विषयमा कुनै चासो भएको भन्ने पनि लाग्दैन ।’

त्यसो त यो चर्चालाई पनि निर्मलनिवासले सोही शैलीमा लिएको छ ।

‘राष्ट्रपतिले त्यस्तो सोचेको भए पनि पूर्वयुवराज्ञीले त्यो पदवीमा जाने सोच राख्नु हुनेछैन, यो एउटा राजनीतिक गसिपमात्र रहेको जस्तो लाग्छ’, निर्मलनिवास स्रोतले भन्यो,‘जनताको सेवा गर्नका निम्ति कुनै पद चाहिन्न, हिमानी ट्रष्टमार्फत उहाँले सक्नेसम्मको गरिरहनु भएको छ ।’

अखबारीय हिसाबमा गसिपलाई पनि पूर्ण सत्य मानिँदैन । समाचारीय हिसाबमा एक तिहाई सत्य र दुई तिहाई झूठलाई ‘गसिप’ भन्ने गरिन्छ । ‘दरबारसँग जोडिएका अनेक पात्रका विषयमा नेपालमा मात्र होइन, विदेशतिर पनि यस्ता गसिप सुनिन्छन् तर ति सत्य हुँदैनन्’, उच्च स्रोतले भन्यो ।