शनिबार, १७ साउन २०७७
DainikNepal.com
शनिबार, १७ साउन २०७७

तुल्सीपुर उपमहानगरका प्रमुख कार्यकारी १४ लाख घुससहित पक्राउ

दैनिक नेपाल २०७७ साउन १७ गते १०:१५

काठमाडौं, १७ साउन । दाङको तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्यायलाई १४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको हो  ।

अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो । अख्तियार अधिकारीका अनुसार अनुसन्धान गरी उनीमाथि आरोपपत्र दायर गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित