शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अस्पतालबाट भागेका अभियुक्त पक्राउ

दैनिक नेपाल २०७७ साउन १७ गते ६:३२

इलाम, १७ साउन । अस्पतालबाट गत बिहीबार प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त शुक्रबार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय इलाम ल्याइएका पाँचथर जिल्ला कुम्याक गाउँपालिका वडा नं १ का किरण तिखत्रीलाई इलाम नगरपालिका वडा नं. १ पुवाखोलाबाट पक्राउ गरिएको इलाम प्रहरीले जानकारी दिएको छ ।

सूर्योदय नगरपालिका वडा नं. १० मा अस्थायी बसोबास गर्दै आएका तिखत्रीलाई खोजीमा गएका प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

तिखत्रीलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित