बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रधानमन्त्री निवास अगाडि प्रहरी धरपकड, इनफ इज इनफका केही अभियन्ता पक्राउ

दैनिक नेपाल २०७७ साउन १६ गते १३:०४

काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार अगाडि प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गरेको छ ।

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानको प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो ।

प्रहरीले बालुवाटार तथा भाटभटेनी क्षेत्रबाट युवाहरुलाई नियन्त्रणमा लिएको छ । अभियानका सदस्यहरु सरकारको लापरबाहीविरुद्ध अनसनसमेत बसिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित