बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

नायिका आयशा जुल्काको नाम को–कोसँग जोडियो ?

दैनिक नेपाल २०७७ साउन १६ गते १०:२०

मुम्बई । ९० को दशककी सुन्दर नायिका आयशा जुल्कालाई सायद धेरैले चिन्नुहुन्छ होला । आयशाले वर्षौंअघि बलिउडलाई अलविदा भनेकी थिइन् । उनी ४८ वर्षकी पुगिन् । २८ जुलाई सन् १९७२ मा श्रीनगरमा आयशाको जन्म भएको थियो । उनको जन्मदिनको मौकामा उनीबारे केही जानकारी लिऔं ।

आयशाले हिन्दीबाहेक तमिल, तेलुगू र कन्नड फिल्ममा काम गरेकी थिइन् । ९० को दशककी आयशा चर्चित नायिकामध्येकी एक थिइन् । तेलुगू फिल्म ‘नेति सिद्धार्थ’ बाट आयशाले आफ्नो करियरको सुरुवात गरेकी थिइन् । बलिउड उद्योगमा उनले कुर्बान फिल्मबाट डेब्यू गरिन् । यद्यपि, आयशाले यो फिल्मबाट कुनै विशेष पहिचान पाइनन् । त्यसपछि उनले ‘मेरी जान’ र ‘माशूक’ फिल्ममा पनि काम गरिन् ।

सन् १९९२ मा रिलिज भएको फिल्म ‘खिलाडी’ आयशा जुल्काको करियरको सफल फिल्ममध्ये एक थियो । अक्षय कुमारका लागि पनि यो फिल्म निकै महत्वपूर्ण रह्यो । यी दुबै सेलिब्रिटीको भाग्य यो फिल्ममार्फत् खोलियो । त्यसपछि आमिर खानको फिल्म जो जीता वही सिकन्दरमा पनि आयाशा देखिइन् । यो पनि उनको करियरका लागि हिट साबित भयो । यसबाहेक उनी शिकार, आंच र दलालजस्ता फिल्ममा पनि देखिइन् ।

एकातिर खिलाडी सुपरहिट भयो भने अर्कोतर्फ अक्षय कुमार र आयशा जुल्काको अफेयरको खबर आउन सुरु भयो । अक्षय आयशासँग जीवन बिताउन चाहेको पनि बताइन्छ । आयशा भने त्यतिबेला आफ्नो करियरमा केन्द्रित हुन चाहन्थिन् । यद्यपि, यो कुराको उनीहरुले कहिल्यै पुष्टि गरेनन् । अक्षय र आयशा आफ्नो काममा अत्यधिक मग्न भए त्यसपछि उनीहरूबीच दरार उत्पन्न भएको खबर पनि आउन शुरु भयो ।

मिडियामा आयशा जुल्का र नाना पाटेकर नजिकिएको खबर पनि प्रकाशित भएको थियो । उनीहरूबीचको सम्बन्ध लामो समयसम्म टिक्न सकेन । यी दुई सम्बन्धमा रहेको खबर फिल्म आंचपछि आउन सुरु भएको थियो ।

फिल्म ‘आँच’पछि नै आयशा जुल्काको करियरले गति लिन सकेन । त्यसपछि पनि आयशाले अन्य थुप्रै फिल्ममा काम गरिन् । पछि उनले आफ्नो जीवनमा सेटल हुने मन बनाइन् र बिजनेस टाइकून समिर वाशीसँग विवाह गरे । आयशा विवाह पछि फिल्मबाट टाढा भइन् ।

आयशा जुल्काको केही समय अघि एउटा फोटो सार्वजनिक भएको थियो जुन उनको स्पा ‘नेस्ट’ को आृेपनिङको क्रममा खिचिएको थियो । आयशा जुल्काको भारतभरी थुप्रै स्पा सेन्टर छन् जसमा उनी आयशा पूर्ण रुपमा व्यस्त छिन् ।

प्रतिक्रिया
सम्बन्धित