मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

प्रचण्डसँग सन्तुष्ट बने ‘असन्तुष्ट’ भनिएका नेकपाभित्रका पूर्वमाओवादी नेताहरू

दैनिक नेपाल २०७७ साउन १६ गते ९:२३

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीको जारी विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेको भनिएका पूर्वमाओवादी नेताहरू ‘कन्भिन्स’ भएका छन् ।

खुमलटारमा पुगेका नेताहरूलाई पार्टीभित्रको विवादमा आफ्नो अडानमा मुख्य कारण र विविध पक्षबारे प्रचण्डले खुलेर बताएका थिए ।

स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, मणि थापा, देव गुरुङ, जनार्दन शर्मा, चक्रपाणि खनाल, हरिबोल गजुरेल, देवेन्द्र पौडेललगायतका नेता खुमलटार पुगेका थिए ।

नेतृत्वको टकराबका कारणले पार्टी विभाजनको खतरामा पुगेको भन्दै यी नेताले प्रचण्डले पनि कमजोरी गर्न नहुने भन्दै सतहमा बोलेका थिए । ‘अध्यक्ष पार्टी एकीकरण र जीवन जोगाउने पक्षमा रहेको प्रष्ट भएको छ, सतहमा आएका सबै विषय सत्य होइनन् भन्ने पनि बुझियो’, सहभागी एक नेताले भने ।

स्थायी समितिको एउटा अनौपचारिक बैठकमा पार्टी विभाजनको विन्दुमा पुगेको भन्दै त्यसलाई जोगाउनुपर्ने प्रचण्डले बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नभएपछि गरिएको बैठक सोही निचोडको नजिक थियो तर यसलाई औपचारिक बैठक नमान्न आग्रह गर्दै प्रचण्ड एकता बचाउने योजनामा उत्रिएका थिए ।

नेकपाभित्रको विवाद तन्किँदै जाँदा पहिला प्रधानमन्त्री ओलीको विपक्षमा उभिएका उपाध्यक्ष बामदेव गौतमले बल पुग्नेगरी ६ बुँदे सहमतिको प्रस्ताव राखेका थिए । जसले ओलीलाई सहज हुने अवस्था देखिएको थियो । त्यसको फरक प्रभावका आधारमा सोही दिन गौतमसँगको पारिवारिक भेटमा प्रधानमन्त्री ओली भैंसेपाटी पुग्नुलाई पनि चर्चाको केन्द्रमा राखियो ।

प्रतिक्रिया
सम्बन्धित