शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सुनकाण्ड : दरबारमार्ग वृत्तमा नयाँ डिएसपी पौडेल, दाहाललाई प्रतिष्ठान पठाइयो

दैनिक नेपाल २०७७ साउन १६ गते ८:५७

काठमाडौं, १६ साउन । १५ केजी सुनकाण्डमा फितलो अनुसन्धान गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट हटाइएका प्रहरी नायव उपरिक्षक (डिएसपी) रञ्जन दहालको ठाउँमा डिएसपी रामेश्वर पौडेलले जिम्मेवारी पाएका छन् ।

मंगलबार कमलादीस्थित नबिल बैंक अगाडि तस्करीको सुनसहित सवार स्कारपियो जिपमा कारोबारीहरु फरार भएका थिए ।

दाहाललाई विहीबार अपराह्न दरबारमार्गबाट प्रहरी प्रतिष्ठानमा काज सरुवा गरिएको थियो । डिएसपी पौडेल निजामती सेवा परिवर्तन गरी उनी २०६२ सालमा प्रहरी इन्स्पेक्टर भर्ना भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित