शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पर्सामा स्वास्थ्यकर्मीसहित ४६ व्यक्तिमा कोरोना

दैनिक नेपाल २०७७ साउन १६ गते ८:०७

वीरगञ्ज, १६ साउन । पर्सामा थप ४६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय नारायणी अस्पतालको पीसीआर परीक्षणमा ४६ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएका नयाँ सङ्क्रमितमा ११ महिला रहेका छन् । उनीहरू १८ वर्षदेखि ७५ वर्ष उमेर समूहका हुन् ।

पर्सा, बारा, रौतहटका बासिन्दा भए पनि सबै वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए ।

थपिएका सङ्क्रमितमा नारायणी अस्प्तालमा कार्यरत दुई अर्थोपेडिक डाक्टर र अन्तै काम गर्ने एक जना डाक्टर गरी तीन जना डाक्टर कोरोना देखिएको छ ।

नारायणीका ४४ र ४० वर्षको पुरुष अर्थोपेडिक डाक्टर र वीरगञ्जकै एक जना ३६ वर्षीय डाक्टर पनि संक्रमित भएका डा. उपाध्यायले बताए ।

नारायणी र एडभान्स हस्पिटलका ६ जना स्टाफ नर्सहरू संक्रमित भएका छन् । वीरगञ्जको विभिन्न वडामा मास ट्रेसीटीङ गराएका केही सर्वसधरणमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणीको मेडिकल वार्डमा खटिने ४० वर्षकी स्टाफ नर्स, आइसियु कक्षामा खटिने २० र २४ वर्षका स्टाफ नर्समा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालमा डायायलोसिस गराउने पर्सा पोखरीया १ की ७५ वर्षीया महिला, बारा, निजगढका ६५ वर्षीया पुरुष र बारा जितपुरका २४ वर्षीया महिला मृगौला रोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको नितनपुरमा रहेको म्याग्नस फर्मा प्रालिमा कार्यरत तीन मजदुर र लोटस फर्मा वीरगञ्ज २ छपकैयाका एक जना गरी कुल ४ जना मजदुरहरूमा पनि कोरोना पुष्टि भएको छ ।

म्यागनसका मजदुरहरूमा रौतहट, राजपुर ५ घर भएका ३७ वर्षका पुरुष, पर्सा, बहुदरमाई नगरपालिका ४ नगरदाहाका ४४ वर्षीय पुरुष र वीरगञ्ज १२ मुर्लीकी २६ वर्षीया महिला मजदुरमा कोरोना पुष्टि भएको छ ।

लोटस फर्माका वीरगञ्ज ५ रेशमकोठी बस्ने ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज १४ का ६५ वर्षीय पुरुष, वीरगञ्ज ११ का ४१ वर्षीय पुरुष, वीरगञ्ज १४ कै ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल ल्याबले जनाएको छ । वीरगञ्जका अन्य वडाका संक्रमितहरु पनि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित