बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कुवेतमा नेपाली नागरिकलाई प्रवेशमा रोक

दैनिक नेपाल २०७७ साउन १६ गते ८:०१

कुवेत । कोरोना भाइरसका कारण कुवेत सरकारले नेपाली नागरिकहरूलाई प्रवेशमा रोक लगाएको छ ।

कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक लगाएको हो ।

कुवेतले अगस्ट १ बाट अन्तराष्ट्रिय हवाइसेवा खोल्ने निर्णय गरेसँगै यी मुलुकबाट त्यहाँ आउने नागरिकको प्रवेशमा रोक लगाउने निर्णय हो ।

कुवेतले कोरोना महामारी सुरू भएपछि अन्तराष्ट्रिय हवाईसेवा बन्द गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित