मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रदेश २ का न्यायाधीशलाई कोरोना संक्रमण

दैनिक नेपाल २०७७ साउन १६ गते ७:५०

जनकपुरधाम, १६ साउन । काेराेनाकाे संक्रमण बढीरहेका बेला प्रदेश २ मा न्यायाधीशलाई पनि कोरोनाभाइरसकाे संक्रमण देखिएको छ ।

उच्च अदालत जनकपुरधामका एकजना ५० वर्षीय न्यायाधीशलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको थियाे ।

प्रदेश २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो पटक हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित