शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

दैनिक नेपाल २०७७ साउन १६ गते ७:४१

भरतपुर, १६ साउन । चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए ।

थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित