शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीको ‘अप्रेशन’मा शंका, अपराध महाशाखालाई छानबिनको जिम्मेवारी

दैनिक नेपाल २०७७ साउन १५ गते १०:०३

काठमाडौं, १५ साउन । कमलादीस्थित नविल बैंक मोडबाट काठमाडौँ प्रहरीले बरामद गरेको साढे १४ केजी चाँदी, आधाकेजी सुन र २ थान पेस्तोल प्रकरण अनुसन्धानमा काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीमाथि ‘शंका’ गरिएको छ ।

प्रहरी नायव उपरिक्षक (डिएसपी) रञ्जन कोइराला नेतृत्वको टोलीले गरेको अप्रेशनबारे एसएसपी ज्ञवालीले गरेको ब्रिफिङमा तालमेल नमिलेपछि उक्त विषयको छानबिनका लागि महानगरीय अपराध महाशाखालाई जिम्मा दिइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको निर्देशनमा नै घटनाको बाँकी छानबिनको काम महाशाखालाई जिम्मा लगाइएको छ भने एसएसपी ज्ञवालीबाट उक्त फाइल खोसिएको स्रोतले जनाएको छ ।

‘महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको नेतृत्वमा छानविन समिति गठन भएको छ, उक्त घटनाको ब्रिफिङमा भएका कमजोरीका विषयमा विश्लेषण हुन्छ’, उच्च स्रोतले भन्यो ।

डीएसपी दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा मंगलबार बा६च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो भागेको थियो । काठमाडौँबाट भागेका तीनजनालाई महानगरीय अपराध महाशाखाले दुम्कीबासबाट पक्राउ गरेको बताइएको छ ।

गाडी सुनको पोको फालेर भागेको बताइएको थियो । यससँग सम्बन्धि अन्य घटनाक्रममा एसएसपी ज्ञवालीको भूमिका कमजोर देखिएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित