बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

मोरङ प्रहरीलाई पक्राउ गर्न सफलता मिलेको ‘ड्रग्स’ र कारोबारीको भित्री कथा

दैनिक नेपाल २०७७ साउन १५ गते ९:२७

काठमाडौं, १५ साउन । नेपालमा दुर्लभ जस्तै मानिएको महँगो ड्रग्स र त्यसका कारोबारी राजन भनिने रामप्रसाद पोखरेललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

मेथामवलेटामाइन (आसीई) भनिने यो लागु औषधको प्रयोग अति उच्च तहका व्यक्तिले गर्छन् । यसको कारणचाहिँ अत्यधिक महँगो हुनु हो । लागु औषध नियन्त्रण कार्यालय बिराटनगरसँगको संयुक्त सर्चका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले को३७प८३१६ नम्बरको मोटरसाइकलसहित कालो झोलाभित्र राखेको सेतो पदार्थ बरामद गरेको थियो ।

‘सर्चमा २२२ ग्राम उक्त पदार्थ भेटिएपछि अरु पनि हुनसक्छ भनी खोजीनीति गर्दा ५३० ग्राम फेला परेको थियो । यो दुर्लभ घटना पनि हो’, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्का भन्छन्,‘प्रहरीले यसका प्रयोगकर्तादेखि भित्राउने सञ्जालका विषयमा पनि अध्ययन अनुसन्धान जारी राखेका छौं ।’

सुन्दर हरैंचा नगरपालिका–८ मा बस्ने पोखरेलको कोठाको आल्नामा झुन्डाएको अवस्थामा बाँकी ३०८ ग्राम ड्रग्स प्रहरीले फेला पारेको थियो ।

ड्रग्सको प्रभाव कस्तो ?

मेथामफेथामाइन भनिने यो ड्रग्स क्र्यान्क, स्पिड, क्रिस्टल मेथ र क्रिस्टल टि समेत भन्ने गरिएको छ । यो रसायनहरूको मिसावटबाट बनाइएको कृत्रिम ड्रग्स भएकाले सिन्थेटिक ड्रग्स पनि भनिन्छ ।

प्रयोगकर्ताले सुँघेर, सिरिन्चको माध्यमबाट र धुम्रपानबाट समेत यो ड्रग्सलाई लिने गर्छन् । अति उत्तेजनात्मक, हिंसात्मक बनाउनका लागि यसले प्रेरित गर्ने र यसको प्रभाव १२ देखि २४ घन्टासम्म रहने वैज्ञानिक प्रमाण छ । यसको प्रयोगले केही दिनसम्म निद्रा लाग्दैन ।

प्रहरीले यो प्रकरणमा लागु औषध नियन्त्रण ऐन २०३३ अनुसारको कानुनी प्रक्रियालाई अगाडि बढाएको छ । जसमा १५ बर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्छ भने ५ देखि २५ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

पोखरेल किन कारोबारमा लागे ?

सन् २००४ मा वैदेशिक रोजगारीका लागि इराक गएका पोखरेल २०१० मा नेपाल फर्केपछि सुनचाँदी पसल खोलेका थिए । उक्त व्यावसाय घाटामा गएपछि तीन बर्ष अघिदेखि फाइबरको पाता र ढोका बनाउने उद्योग उनले सञ्चालनमा ल्याएको अनुसन्धानका क्रममा बयान दिएका छन् ।

‘व्यावसाय घाटामा जान थालेपछि कच्चा पदार्थ आयातका क्रममा भारतीय मानिससँग चिनजान भएको र सोही क्रममा कसरी चाँडो पैसा कमाउने भन्ने सल्लाहमा लागु औषधको कारोबारमा लागेको खुलेको छ’, एसपी खड्का भन्छन्,‘सो क्रममा नौ महिना अघिदेखि यो कारोबारमा लागेको खुलेको छ ।’

प्रतिक्रिया
सम्बन्धित