शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नायिकाद्वारा आत्महत्याको प्रयास

दैनिक नेपाल २०७७ साउन १५ गते ९:३६

मुम्बई । भारतीय नायिका विजय लक्ष्मीले आत्महत्याको प्रयास गरेकी छिन् । उनले रक्तचाप कम गर्ने औषधि खाएर आत्महत्याको प्रयास गरेको जनाइएको छ ।

आत्महत्याको प्रयास गरेकी उनको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

आत्महत्याको प्रयास गरेकी विजय लक्ष्मीले भिडियो पोस्ट गर्दै आफूले पूर्व तमिल फिल्मकर्मी तथा राजनीतिज्ञ सिमन तथा उनको राजनीतिक पार्टीका कार्यकर्ताका कारण आत्महत्या गर्नुपरेको आरोप लगाएकी छिन् ।

श्रीलंकनको तमिल समुदायबाट रहेकी उनी तमिलवादी नेता सिमनको विरोध गरेपछि चर्चामा आएकी थिइन् । सिमन तमिलवादी नेताका अलावा श्रीलंकामा लामो समय स्वायत राज्यका लाहि सशस्त्र संघर्ष गरेको तमिल इलम लिट्टेका कट्टर समर्थकका रूपमा चिनिन्छन् ।

‘मेरो आमा र बहिनीका लागि यो समयसम्म बाँच्ने कोशिस गरे’, उनले भनेकी छिन्, ‘हालै हरिन्द्रले मलाई संचारमाध्यममा अपमानित गरेका छन् ।’

‘मैले रक्तचापको केही गोलीहरू खाएको छु’, राज्य लक्ष्मीले भनेकी छिन्, ‘केही समयपछि म न्यून रक्तचापबाट पीडित हुनेछ । केही घण्टामा मरिसक्नेछु ।’ उनले आफ्नो भिडियो हेरिरहेका प्रशंसकहरूलाई सिमनले आफूलाई कर्नाटकामा जन्मिएकोमा धेरै यातना दिएको बताएकी छिन् ।

‘महिलाका रूपमा जतिसक्ने हो सहें, अब धेरै दबाब झेल्न सक्दिन’, उनले भनेकी छिन्, ‘म पिल्लाई समुदायबाट हुँ, जुन समुदायबाट लिट्टेका नेता प्रभाकरण पनि पर्छन् । प्रभाकरणका कारण मात्र आज सिमनको अस्तित्व छ । उनले मलाई सामाजिक संजालमा निरन्तर सताउँदै आएका छन् ।’

उनले नेता सिमनले आफूलाई लज्जित गराएर पीडा महशुस गराएको र त्यसका लागि के गर्ने भन्ने निर्णय उनीसँग भएको बताएकी छन् । ‘म मेरा प्रशंसकहरूलाई यो मुद्दाबाट सिमनलाई छुट्कारा नदिन अनुरोध गर्छु, उसले कहिले पनि जमानत पाउनु हुँदैन’, उनले भनेकी छन्, ‘मेरो मृत्यु सबैका लागि आँखा खोल्ने माध्यम हुनेछ । म कसैको दास हुन चाहन्न ।’

विशेषगरी कन्नड भाषाका सिनेमामा सक्रिय रहँदै आएकी विजयलक्ष्मीले दक्षिण भारतीय राज्यहरूमा निर्माण हुने तमिल र मल्यालम भाषाका सिनेमामा पनि काम गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित