शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रौतहटमा दोहोरो झडप, २ जना गम्भीर घाइते

दैनिक नेपाल २०७७ साउन १५ गते ६:२५

गाैर, १५ साउन । रौतहटको यमुनामाइ गाउँपालिकामा ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप भएको छ ।

यमुनामाइ गाउँपालिका वडा नं. ५ झुनखुनुवा चोकमा ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप भएको हो । झडपमा परेका २ जनाको अबस्था गम्भीर रहेको छ ।

बुधबार दिउँसो ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप हुँदा १५ जना घाइते भएको सोही गाउँपालिकाका प्रबक्ता नन्दलाल यादबले जानकारी दिए ।

ग्यास चुल्हो बितरण गर्दा गदै एक समुह आएर ग्यास चुल्हो हामीलाई पनि चाहियो भन्दै वडा नं. ५ का वडाध्यक्ष रहमत आलम राकीको घर भित्रै पसेर आक्रमण गरेको प्रबक्ता यादबले बताएका छन् ।

ग्यास चुल्हो सबैलाइ बाँड्नु पर्नेभन्दै आक्रमण गरेको उनले जानकारी दिएका छन । १३ जना घाइतेहरूको गौरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छभने गम्भीर अबस्थामा रहेका २ जनालाइ भरतपुर पठाइएको प्रबक्ता यादबले बताए ।

गम्भीर घाइते हुनेहरुमा खुसैद आलम र रबि खातुन रहेक छन् । अहिले घटनास्थलको अबस्था समान्य भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित