शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सेनाले उपहार दिएका ६ सय राइफल सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले प्रयोग गर्ने

दैनिक नेपाल २०७७ साउन १४ गते १२:५४

काठमाडौं, १४ साउन । नेपाली सेनाले सशस्त्र प्रहरीलाई उपहार दिएका ६ सय इन्सास राइफल सीमा सुरक्षामा खटिएका कर्मचारीले प्रयोग गर्ने भएका छन् ।

सशस्त्र प्रहरीको क्षमता अझ बढाउनका निम्ति सेनाले उक्त हतियार उपहार दिएको बताइएको छ । हाल सीमा सुरक्षामा सक्रिय रहेका सशस्त्र प्रहरी कर्मचारीले उक्त हतियार प्रयोग गर्ने बताइएको छ ।

सीमा सुरक्षाका लागि सशस्त्रका बोर्डर आउट पोष्ट (बीओपी) छन् । एउटा साधारण कार्यक्रम गरी सेनाले हतियार हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित