मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

विश्वबजारको डरलाग्दो आइस ड्रगसहित बिराटनगरमा व्यापारी समातिए, मोरङ प्रहरीको ठूलो सफलता 

दैनिक नेपाल २०७७ साउन १४ गते १२:३०

मोरङ, १४ साउन । विश्वबजारको खतरनाक मानिने आइस ड्रग (मेथामफेटामाइन)सहित जिल्ला प्रहरी कार्यालय मोरङ र लागु औषध नियन्त्रण कार्यालयको टोलीले बिराटनगरबाट व्यापारी रामप्रसाद पोखरेललाई नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ आधा किलो मेथामफेटामाइन आइससहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका पोखरेललाई नियन्त्रण गरी थप खोजतलास गरिएको थियो ।

सो क्रममा पोखरेलको साथबाट २ सय २२ ग्राम र घरमा लुकाएको अवस्थामा थप पाँच सय ३० ग्राम उक्त लागु औषध प्रहरीले बरामद गरेको थियो ।

प्रहरीका अनुसार विश्वको महंगो सूचीमा पर्ने लागुऔषध मोरङमा बरामद हुनु आश्चर्यजनक छ । पोखरेलमाथि अनुसन्धान भइरहेको छ । विषेश सूचनाका आधारमा विराटनगरबाट पक्राउ परेका पोखरेलको नेटवर्कको पनि खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख भएर पुगेपछि प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्का नेतृत्वको यो ठूलो सफलता हो ।

प्रतिक्रिया
सम्बन्धित