शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कालिकोट पहिरोमा पुरिएर ८ जनाको मृत्यु, बाले बुढा बेपत्ता

दैनिक नेपाल २०७७ साउन १४ गते १२:०८

काठमाडौं । कालीकोटको नरहनीनाथमा गाउँपालिका–७ मा बुधबार बिहानको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । एक जना भने बेपत्ता छन् ।

बिहानको राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ जनाको घटनास्थलबाटै शव निकालिएको छ भने उद्दार  गरिएकी  छोरी विमलाको उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच, नरहरीनाथ–४ कै ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बुढा भने बेपत्ता छन् ।

प्रतिक्रिया
सम्बन्धित