बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

तन्नेरी भए हृदयेन्द्र

दैनिक नेपाल २०७७ साउन १४ गते ११:२७

काठमाडौं, १४ साउन । बालख हुँदा नै ‘बेबी किङ’का रुपमा चर्चामा आएका पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र तन्नेरी भएका छन् ।

१४ साउनमा जन्मिएका उनी आजका दिनदेखि १९ बर्ष लागेका हुन् । गत बर्ष व्रतबन्ध गरेका उनी निर्मलनिवासमा बस्छन् ।

प्रायः आमा हिमानी शाहसँग विभिन्न शक्तिपिठलगायतका भ्रमणमा देखिने उनी दुई दिदीपछिका कान्छा सन्तान हुन् ।

उनको जन्म हुनासाथ मुलुकबाट राजतन्त्र अन्त्य र राजसंस्था हटाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित