बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोनाले पर्सा आक्रान्त : सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ मा संक्रमण

दैनिक नेपाल २०७७ साउन १४ गते ११:०९

काठमाडौं, १४ साउन । पर्सा वीरगञ्ज महानगरपालिकामा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

५ जना बालबालिका र १० जना महिला छन् । संक्रमितमध्ये २० जना वीरगञ्जकै हुन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो ।

यस्तै, नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित