
काठमाडौं, १४ साउन । नक्सालस्थित नेपाल प्रहरी मुख्यालयमा कोरोना भाइरस संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । अझै कन्ट्याक्ट ट्रेसिङ जारी रहेको बताइएको छ ।
पहिलो दिन ४, दोस्रो दिन २३ र तेस्रो दिन ८ गरी ३५ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सवारी शाखाका छन् । संक्रमितमा असई १, हवल्दार ६, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना छन् ।
यस्तै अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।











प्रतिक्रिया