शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दाङमा पहिरोमा पुरिँदा दुई जनाको मृत्यु

दैनिक नेपाल २०७७ साउन १४ गते ८:५५

फाइल तस्वीर

घाेराही, १४ साउन । दाङ जिल्लाको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएकाे पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका वडा-५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् ।

बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको ज्यान गएको हाे ।

प्रतिक्रिया
सम्बन्धित