शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कैलालीमा डुबान, एक सयभन्दा धेरै घर डुबे

दैनिक नेपाल २०७७ साउन १४ गते ८:४७

धनगढी, १४ साउन । कैलाली जिल्लामा वर्षासँगै आएको बाढी गाउँ पसेपछि एक सय बढी घर डुबानमा परेका छन् ।

कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेका छन् । उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।

पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढी घर डुबानमा परेका प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित