शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

धरानमा ‘बालबालिकाको डाक्टर साथी’ सार्वजनिक

दैनिक नेपाल २०७७ साउन १४ गते ७:४२

धरान, १४ साउन । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहद्वारा लिखित ‘बालबालिकाको डाक्टर साथी’ पुस्तकको सार्वजनिक गरिएको छ ।

पत्रकार देबेन्द्र कार्कीले सम्पादन गरेको पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथी वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी, भाषाविद प्रा.डा. टङ्क न्यौपाने, प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर साह, प्रतिष्ठानका नसिंङ विभागका प्रमुख प्राध्यापक उपेन्द्र यादव, लेखक डा. सिंह, सम्पादक देवेन्द्र कार्कीले सयुक्त रुपमा औपचारिक रुपमा बिमोचन गरेका छन् ।

पुस्तकमा बालबालिकामा लाग्ने रोगहरू, उपचारवारे पूर्ण जानकारी दिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ स्वयंसेबिकाहरूले पनि पढ्न र अरुलाई बुझाउन सकुन भन्ने उदेश्यले सरल भाषामा प्रस्तुत गरिएको लेखक डा. सिंहले जानकारी दिए ।

औषधि र डाक्टरको अनुहार देख्न नपाएर मृत्युवरण गर्न बाध्य प्रदेश १ का दुर्गमवासीहरू उक्त पुस्तक समर्पित भएको बताइएको छ ।

‘चिकित्सक सेवा नपुगेका दुर्गम क्षेत्रका बालबलिकाहरूलाई रोगबारे जानकारी दिने, कुन बेला अस्पताल लाने, बालबालिकाहरूलाई स्वास्थ्य सचेतना बारे विभिन्न रोगहरूको बिषयलाई समेटिएको छ’, लेखक सिंहले भने – प्रतिष्ठानमा म केही विमारीको उपचार गर्छु तर यो पुस्तकको माध्यमबाट हजारौलाई सहयोग पुग्नेछ भन्ने अपेक्षा छ ।’

प्रा.डा.गिरीले यस पुस्तकले स्वस्थ्यका बिभिन्न आयामलाई सरल , सहज र सरस ढङ्गले आम मानिसमा बुझाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पुस्तकमा नवजात शिशुको हेरबिचारदेखि राष्ट्रिय खोप तालिका, बच्चाहरूको उचित ख्याल, विभिन्न रोगहरूको बिषयमा घरमै बसेर पनि गर्न सकिने उपचार विधिबारे जानकारी दिइएको छ ।

पुस्तकका स्वास्थ्य सम्बन्धि जनहितका सन्देश, प्राकृतिक विपत्तिबाट बच्ने सन्देशहरूसमेत समेटिएको पुस्तकका सम्पादक कार्कीले जानकारी दिए ।

आमचोक सरोकार समाज सुनसरीले प्रकाशन गरेको पुस्तक बिक्रीबाट आएको रकमले वीपी प्रतिष्ठानमा उपचारका लागि आउने दुर्गम क्षेत्रका विपन्न परिवारका बालबालिकाहरूको उपचारमा खर्च गर्ने गरि संस्थामा ५० हजारको कोष समेत बनाइएको कार्यक्रममा संस्थाका संचिवसमेत रहेका कार्कीले जानकारी दिए ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक गोपीकृष्ण खतिवडाले पुस्तकको उपयोगिताबारे प्रकाश पार्दे प्रतिष्ठानबाट प्रसुति सेवा लिएर जाने हरेक आमाहरुलाई यो पुस्तक कोशेलीको रुप बितरण गर्न सुझाएका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, अस्पताल निर्देशक प्राडा साहलगायतले शुभकामना मन्तव्य दिएका थिए । किस्तीका चौधरीले डिजाइन गरेको पुस्तक प्रकाशनमा लक्ष्मी बाँनियाले व्यवस्थापन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित